काठमाडौं । अग्नि ग्रुपले कुरिन्टारमा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम सञ्चालनमा ल्याएको छ । महिन्द्राका गाडीहरुको अटो डिभिजन र फार्म डिभिजनको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको सुविधा सम्पन्न शोरूम सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
Kathmandu. Agni Group has launched the Mahindra 3S showroom in Kurintar. The company said that the company has launched a new showroom with facilities for sales, service and spare parts of Mahindra’s Auto Division and Farms Division.
महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ‘ट्रियो’ नामक लिथियम–आइओन ब्याट्रीबाट सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर विराटनगर र इटहरीमा सार्वजनिक गरेको छ । कम्पनीले चितवन, हेटौँडा, धनगढी, जनकपुरधामलगायतका ठाउँपछि विराटनगर, इटहरीमा सार्वजनिक गरेको हो |
महिन्द्रा एन्ड महिन्द्रा लिमिटेडले नेपालमा ‘अल–न्यू स्कर्पियो–एन’ को अनावरण गरेको छ । अल–न्यू स्कर्पियो–एनलाई यसको प्रभावशाली उपस्थिति, हेड–टर्निङ डिजाइन, कमाण्डिङ ड्राइभिङ पोजिसन र राम्रोसँग सजावट गरिएको भित्री साजसज्जासहित पुनर्परिभाषित गरि डी–सेगमेन्ट एसयूभी श्रेणीमा डिजाइन गरिएको कम्पनीले जनाएको छ ।