Skip to main content
Media

News & Announcements

12 January

2026

अभिनेत्री स्वस्तिमा खड्काले शुक्रबार ६८ लाख रुपैयाँ मूल्य पर्ने महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ किनेकी छन्। महिन्द्राको नक्साल, गैरीधारास्थित शो रुममा अग्नि ग्रुपका अध्यक्ष तथा नेपालका शार्क ट्यांकका शार्क क्याबिनेट श्रेष्ठले स्वस्तिमालाई उक्त कार हस्तान्तरण गरेका हुन्। गाडी किनेसँगै स्वस्तिमा र निश्चल बस्नेतले केक काटेर खुशी मनाएका थिए। स्वस्तिमाको यो दोस्रो ईभी कार हो। यसअघि उनी महिन्द्राकै ‘एक्सयूभी ४००’ मोडलको कार चलाउँदै आएकी थिइन्।

12 January

2026

अभिनेत्री स्वस्तिमा खड्काले महिन्द्राको नयाँ ६८ लाख रुपैयाँ मूल्य पर्ने ईभी कार 'बी सिक्स' किनेकी छन्। अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठले स्वस्तिमालाई नक्साल गैरीधारास्थित शो रुममा कार हस्तान्तरण गरे। स्वस्तिमाको यो दोस्रो ईभी कार हो । यसअघि उनले महिन्द्राकै ‘एक्सयूभी ४००’ मोडलको कार चढ्दै आएकी थिइन् ।

12 January

2026

स्वस्तिमा खड्काले किनिन् ६८ लाखको नयाँ कार😍 नेपालकी नम्बर एक नायिका स्वस्तिमा खड्काले महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ खरिद गरेकी छन्। करिब ६८ लाख रुपैयाँ मूल्य पर्ने यो विद्युतीय कार किनेको खुसी उनले आफ्ना पति निश्चल बस्नेतसँग केक काटेर मनाइन्। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर र भिडियोहरूमा स्वस्तिमा र निश्चल खुसी देखिएका छन्। यो स्वस्तिमाको दोस्रो ईभी कार हो। यसअघि उनी महिन्द्राकै ‘एक्सयूभी ४००’ मोडल प्रयोग गर्दै आएकी थिइन्। वातावरणमैत्री र आधुनिक प्रविधिप्रति आकर्षित स्वस्तिमाको यो नयाँ खरिदले फ्यानहरूबीच पनि चर्चा पाएको छ।

© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors