Skip to main content

स्वस्तिमा खड्काले किनिन् ६८ लाखको नयाँ कार

स्वस्तिमा खड्काले किनिन् ६८ लाखको नयाँ कार😍 नेपालकी नम्बर एक नायिका स्वस्तिमा खड्काले महिन्द्राको नयाँ ईभी कार ‘बी सिक्स’ खरिद गरेकी छन्। करिब ६८ लाख रुपैयाँ मूल्य पर्ने यो विद्युतीय कार किनेको खुसी उनले आफ्ना पति निश्चल बस्नेतसँग केक काटेर मनाइन्। सामाजिक सञ्जालमा सार्वजनिक तस्बिर र भिडियोहरूमा स्वस्तिमा र निश्चल खुसी देखिएका छन्। यो स्वस्तिमाको दोस्रो ईभी कार हो। यसअघि उनी महिन्द्राकै ‘एक्सयूभी ४००’ मोडल प्रयोग गर्दै आएकी थिइन्। वातावरणमैत्री र आधुनिक प्रविधिप्रति आकर्षित स्वस्तिमाको यो नयाँ खरिदले फ्यानहरूबीच पनि चर्चा पाएको छ।

© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors