Skip to main content

अग्नि ग्रुप ३०औं वर्षमा, ‘अग्नि उदय छात्रवृत्ति पुरस्कार’ २०७८ प्रदान

नेपालको एक व्यापारिक समूह अग्नि ग्रुपले स्थापनाको ३० वर्ष पूरा भएको अवसरमा ‘अग्नि उदय छात्रवृत्ति पुरस्कार’ २०७८ प्रदान गरेको छ । ग्रुपले यस वर्ष एसईई परीक्षा उत्तीर्ण गरेका ३० जना विद्यार्थीलाई उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरेको हो ।

स्थापना वर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठले कम्पनीका सबै सरोकारवालाहरूलाई निरन्तर सहयोग र साझेदारीका लागि धन्यवाद दिएका छन्‌ । ‘हाम्रा ग्राहक, डिलर नेटवर्क, साझेदारहरू र हाम्रो टीमबिना हामी यति टाढा पुग्न सक्ने थिएनौं । म यात्राको हिस्सा बन्न र सँगै विरासत निर्माण गरेकोमा उहाँहरू हरेकलाई धन्यवाद दिन चाहन्छु। यो त सुरुवात मात्र हो, आगामी वर्षहरू एकआपसलाई कदर गर्दै सँगसँगै अघि बढ्दै जाऔं,’ श्रेष्ठले भने ।

अग्नि ग्रुपले सन् १९९१ मा महिन्द्रा युटिलिटी गाडी तथा ट्राक्टरको अधिकृत वितरकको रूपमा आफ्नो सञ्चालन आरम्भ गरेको थियो । हाल ग्रुपले अटोमोबाइल्स, स्पेयर्स र सेवाहरू बिक्रीवितरण गरिरहेको छ । देशभर हाल ग्रुपका ७१ भन्दा अधिक डिलर तथा शाखा छन्‌ । कम्पनीले लजिस्टिकदेखि वित्तीय क्षेत्रसम्मका अन्य उद्यमहरूमा विविधीकरण गरेको छ । हाल यस समूहअन्तर्गत १० भन्दा बढी कम्पनीहरू सञ्चालनमा छन् ।

Source

© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors