Skip to main content

महिन्द्राको ‘एसपी प्लस’ ट्रयाक्टर श्रृंखला नेपाली बजारमा

काठमाडौँ । महिन्द्रा समूहको एक हिस्सा महिन्द्राको फार्म इक्विपमेन्ट सेक्टर (एफईएस) ले आफ्नो सबै नयाँ ‘एसपीप्लस’ ट्रयाक्टर श्रृंखला नेपालमा सुरुवात गरेको छ ।

यी ट्रयाक्टरहरू महिन्द्राको उन्नत ईएलएस इन्जिन र रिभर्स पीटीओ सहितको डुअल क्लच, उच्चलिफ्ट क्षमतायुक्त हाइड्रोलिक, सजिलो गियर सिफ्ट ट्रान्समिसन र तेल इमस्र्ड ब्रेकहरू जस्ता उत्पादकत्व वृद्धि गर्ने सुविधाहरूद्वारा सञ्चालित छन् । ट्रयाक्टरले कृषि र ढुवानी उपयोगहरूमा किसानको उत्पादकत्वमा वृद्धि गर्ने लक्ष्य राखेको छ ।

नयाँ महिन्द्रा एसपी प्लस ट्रयाक्टरहरु क्रमशः जेठ ७, ८ र ९ गते क्रमसः विर्तामोड, विराटनगर र जनकपुरमा बिक्री शुभारम्भ गरिएको छ । शुभारम्भ कार्यक्रममा महिन्द्रा एण्ड महिन्द्रा लि. (भारत) र अग्नि ग्रुपका प्रतिनिधि, स्थानीय डिलर, स्थानीय उद्योग वाणिज्य संघ र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । छिट्टै नै नयाँ एसपी प्लस सिरिजको ट्रयाक्टर यसै हप्तासम्ममा वीरगन्ज, चितवन र नेपालगन्जमा पनि सार्वजनिक (लन्च) हुने कम्पनीले जनाएको छ ।

Source

© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors