Skip to main content

महिन्द्राको अत्याधुनिक शोरुम धनगढीमा, कस्ता गाडीलाई कति पर्छ मूल्य ?

काठमाडौ । एसयूभी सेग्मेन्टका लागि नेपालकै अग्रणी कम्पनी अग्नि ग्रुपले सुदुरपश्चिमका लागि धनगढीबाट अत्याधुनिक शोरुम सहित महिन्द्रा गाडीको बिक्रीवितरण शुरु गरेको छ।

रहेको ठाकुर मोटर्सको आज सुदुरपश्चिम प्रदेशका भौतिक योजना मन्त्री प्रकाश बहादुर देउवा र अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्माले उदघाटन गरेका छन।

उदघाटन भएसंगै आजै "स्कर्पियो–एन" र एसटेन गाडी बिक्रीवितरण गरिएको ठाकुर मोटर्समा प्रबन्ध निर्देशक हरिशंकर ठाकुरले बताए। भारत, दक्षिण अफ्रिका र अष्ट्रेलियामा पाएको सफलतापछि "स्कर्पियो–एन" नेपाली बजारमा यो गाडी भित्र्याएको कम्पनीले बताएको छ। कम्पनीका अनुसार स्कर्पियो–एन नेपालमा महिन्द्राको एसयूभी लाइनअपमा पछिल्लो थप सवारी–साधन हो। जसले प्रतिष्ठित ‘ट्विन पिक्स’ लोगोको साथ ब्रान्डको विशिष्ट पहिचान प्रदर्शन गरेको छ।

गाडीको अविश्मरणीय डिजाइन, अत्याधुनिक सवारी सञ्चालन र ह्यान्डलिङ, रोमाञ्चकारी प्रदर्शन, उन्नत टेक्नोलोजी, सुरक्षाको सुनश्चिततात र निस्सन्देह, यसको भू–भाग–विजयी क्षमता भएका कारण एसयूभीहरूको नयाँ युगको प्रतिनिधित्व गर्ने अग्नि ग्रुपका कार्यकारी निर्देशक शर्माले बताए।

नयाँ स्कर्पियो–एनमा आकर्षक ३ वर्ष/१ लाख किलोमिटरको वारेन्टी प्लान रहेको कम्पनीले बताएको छ।

कतिपर्छ मूल्य ?

नयाँ गाडी ‘स्कर्पियो–एन’ को परिचयात्मक प्रारम्भिमक मूल्य ८१ लाख ५० हजार रुपैयाँ तोकिएको महिन्द्राले जनाएको छ।

स्कार्पियो एन डिजेल जेड ४२ डब्ल्यूडी एमटी ७ एसटीआरको ८१ लाख ५० हजार, स्कार्पियो एन डिजेल जेड ४४ डब्ल्यूडी एमटी ७ एसटीआर ९० लाख, स्कार्पियो एन डिजेल जेड ८४ डब्ल्यूडी एमटी ७ एसटीआर १ करोड १४ लाख, स्कार्पियो एन डिजेल जेड ८४ डब्ल्यूडी एटी ७ एसटीआर १ करोड २४ लाख रुपैयाँ पर्ने कम्पनीले जनाएको छ।

Source


© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors