Skip to main content

अग्नि ग्रुपको ओखलढुङ्गामा नयाँ शोरुम तथा सर्भिस सेन्टर

अग्नि ग्रुपले हालै आफ्नो महिन्द्रा गाडीहरुका लागि ओखलढुङ्गामा आफ्नो आधिकारिक नयाँशो रुमको स्थापना गरेको छ ।

अग्नि ग्रुपले हालै आफ्नो महिन्द्रा गाडीहरुका लागि ओखलढुङ्गामा आफ्नो आधिकारिक नयाँशो रुमको स्थापना गरेको छ । कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापितरुम्जाटार अटो मोबाइल्सले यस आसपासका क्षेत्रहरुमा आफ्नो गुणस्तरीय एवं आधिकारिक सेवा प्रदान गर्ने छ ।

शो रुमको समुद्घाटन कम्पनीका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ, १ नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई, प्रदेश नं १ का सभासद अम्बिरबाबु गुरुङ्गले गरे ।

उक्त समारोहमा सरकारी एवं गैरसरकारी प्रतिनिधीएवं स्थानीय व्यक्तित्वहरुको सहभागीता रहेको थियो ।

हालै स्थापना गरिएको रुम्जाटार अटोमोबाइल्सबाट जेन्यून पार्ट पाइनुका साथै, विक्री एवं विक्री पछिको सेवा प्रदान गरिने कुरा शोरुमका प्रबन्ध निर्देशक राज घलेले बताए ।

स्थापना गरिएको शोरुमबाट आफ्ना सम्पूर्ण रेन्जका फोरह्वील सवारी, सर्भिसिङ्ग तथा जेन्यून स्पेयर पार्ट उपलब्ध हुने छन् । ओखलढुङ्गा स्थित नयाँ शोरुम तथा सर्भिस सेन्टरले ओखलढुङ्गा तथा आसपासका वासिन्दाहरुलाई न्यूनतम मूल्यमा कम्पनीको गुणस्तरीय सेवातथा सुविधा पाउनुहुने विश्वास कम्पनीले लिएको छ ।

Source


© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors