Skip to main content

सिन्धुलीमा महिन्द्राको इलेक्ट्रिक थ्री–ह्वीलर अटो ‘ट्रियो’को बढ्दो लोकप्रियता

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी) को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ।​


महिन्द्राले छोटो समयमा नै इलेक्ट्रिक अटोलाई नेपाली बजारमा सफलतापूर्वक बिक्री गरिरहेको छ। सिन्धुलीमा पनि स्थानीयले ट्रेओलाई अत्यधिक रुचाएका छन्।

हालै मात्र कम्पनीले सिन्धुलीका ३ महिला र १३ पुरुषलाई एकै पटक १६ इलेक्ट्रिक अटो हस्तान्तरण गरेको छ।

अग्नि हायर पर्चेज र राष्ट्रिय वाणिज्य बैंकको आर्थिक सहयोगमा स्थानीयलाई इलेक्ट्रिक अटो ‘ट्रियो’ खरिदमा सहज बनाइएको छ।

साथै सवारी साधन बीमा गर्नलाई भने प्रभु इन्स्योरेन्सले सहयोग गरेको छ।

संस्थाहरूको यस प्रकारको वित्तीय सहयोग र स्वदेशमा विद्युतीय सार्वजनिक अटोको उपलब्धताले स्थानीय जनतालाई रोजगारीको अवसर र आम्दानीको स्रोत सिर्जना गरेको कम्पनीले जनाएको छ।

आर्थिकभार कम पर्ने र पेट्रोल मुक्त सार्वजनिक यातायात आए सँगै स्थानीयहरू पनि खुशी बनेका छन्। अहिले सिन्धुलीको सडकमा ट्रेओको संख्या उल्लेखनीय मात्रामा बढेको कम्पनीको दाबी छ।

सिन्धुलीमा ग्राहक एवं सर्वसाधरणको मन जित्न सफल ट्रियो– इलेक्ट्रिक अटो यही मंसिर ७ गते बिहीवारका दिन भव्य समारोहमा नयाँ तथा पुराना ‘ट्रियो’ ग्राहकसँगै सिन्धुलीको सडकमा ‘ट्रियो’ को लस्करका साथ बजार परिक्रमा गरिएको थियो।

कार्यक्रममा अग्नि ग्रुपका प्रदेश प्रमुख रोशन श्रेष्ठ, इलेक्ट्रिक डिभिजन सेल्स हेड प्रमोद भण्डारी, सेल्स प्रतिनिधि नरेन्द्र खड्गी, सिन्धुलीका लागि ट्रियो इलेक्ट्रिक अटोको आधिकारिक विक्रेता खड्ग श्रेष्ठ र टीका श्रेष्ठसहित सिन्धुली शाखाका प्रतिनिधिहरूको उपस्थिति थियो।​

महिन्द्रा ट्रियो १०,०००+ सवारी साधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो। सन् २०१८ मा सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दूरी तय गरिसकेको छ।

‘नेपाल द्रुत गतिमा विकास भइरहेको अर्थतन्त्र हो, जसले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ। महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन्,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रियोले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ।’​

ट्रियो विद्युतीय सवारी साधन सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २ हजार ७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ।

Source


© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors