Skip to main content

नाडा अटो शोमा महिन्द्राका दुई नयाँसहित ४ गाडी प्रदर्शन हुने

यस पटकको नाडा अटो शोमा महिन्द्राले २ वटा नयाँ गाडी सहित ४ वटा गाडीहरु शोकेस गर्ने भएको छ । महिन्द्रा एण्ड महिन्द्राको आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले यस पटकको नाडा अटो शोमा एक्सयूभी ३०० र नयाँ एमपीभी मराजो सहित टीयूभी ३०० र स्कर्पीयो पिकअप राख्ने जानकारी दिएको छ।

भारतीय बजारमा रुचाइएको सब कम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र अध्याधुनीक सेग्मेन्ट फस्ट नयाँ विशेषतासहित आएको यङ्ग एसयूभी हो । यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ ।

एक्सयूभी ३०० मा सेग्मेन्ट फस्ट सेफ्टी फिचर समेत दिइएको कम्पनीले जानकारी दिएको छ ।

यसको ‘सिक्स स्पिड ट्रान्समिसन’ प्रणालीले उर्जाको सही उपयोग गर्ने कम्पनीको भनाइ छ। यसमा सात एयरब्याग, चारै चक्कामा डिस्क–ब्रेक, १७ इन्च अलोय–ह्वील, ईबीडी तथा एबीएसजस्ता विशेषताले एक्सयूभी–३०० निकै सुरक्षीत गाडी बनेको कम्पनीले जनाउको छ । नयाँ एसयूभी १.२ लि टर्बो पेट्रोल इन्जिन जसमा ८१ केडब्लू (११० बीएचपी) पावर र २०० एनएम टर्क र १.५ लि टर्बो डिजल इन्जिन जसमा विद्युतीय भेरिएबल जिओमेट्री चार्टरसहित ८५.८ केडब्लू (११५ बीएचपी) पावर र ३०० एनएम टर्क गरि दुईवटा इन्जिन अफ्सनमा उपलब्ध हुने छ।

त्यस्तै महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ ।

मराजोका सबै भेरिएन्टमा एबीएस र ईबीडी तथा ब्रेक असिष्ट, स्टायडर्ड फिचरको रुपमा दुईवटा एयरब्याग तथा चाइल्ड सिटलगायतका सुरक्षा फिचरहरू रहेका छन् । मराजो कारको क्याविनको छतमा एयर कन्डिसनिङ्ग भेन्ट सिस्टम रहेकोले पछाडि बस्ने यात्रुहरुलाई पनि एसिको हावा सजिलै पूग्नेछ ।

गाडीमा थ्री–स्पोक स्टेयरिङ्ग ह्वील रहेको छ, जसमा अडियो, ब्लू–टुथ टेलेफोर्निक र क्रूज कन्ट्रोलको सुविधा रहेको छ । महिन्द्रा मराजोमा नयाँ १.५ लिटरको ४ सिलिन्डर डिजेल इन्जिनमा उपलब्ध रहेको छ ।

महिन्द्राको स्कर्पियो प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिन रहेको छ । नेपाली बजारमा स्कर्पियो पिकअप विभिन्न ३ भेरियन्टमा उपलब्ध छन् । स्कर्पियो पिकअप फूलअप्सन गाडी हो । डबल क्याबमा उपलब्ध पिकअप तीन मोडल एस–६ टूह्वील ड्राइभ, एस–६ फोरह्वील ड्राइभ र एस–१० छ । एस–१० मा ह्यान्ड रेस्ट, अटोमेटिक हेड ल्याम्प, क्रुज कन्ट्रोललगायत विशेषता रहेको छ ।

Source

© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors