अग्नि मोटोइंकको डिलर मिट २०२४ सफलतापूर्वक आयोजना
वर्षौंदेखिको सफल सहकार्यलाई अझ बलियो बनाउने उद्देश्यका आयोजित यस भव्य समारोहमा नेपालभरिबाट पावरोल जेनसेटका डिलरहरूलाई आमन्त्रित गरिएको थियो ।
कार्यक्रममा सहभागीहरूले नेपाली उर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निभाउन सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए । यस कार्यक्रममा विभिन्न समूहमा उत्कृष्ट डिलरहरूलाई पुरस्कृत पनि गरेको थियो ।
बजारमा महिन्द्रा पावरोलका ५ केभिए देखि ६२५ कभिएसम्मका २८ थरिका मोडलहरु उपलब्ध छन् । बलियो महिन्द्रा इन्जिनबाट बनेका यी पावरोल जेनेरेटरहरुमा उर्जा उत्पादनको लागि विश्व प्रसिद्ध युरोपियन प्रविधि लेरोय सोमर प्रयोग गरिएको छ । साथै, उत्कृष्ट इन्धन क्षमता, कम उत्सर्जन तथा विश्वसनीय पावर आउटपुटको लागि महिन्द्रा पावरोलले आफ्ना जेनेरेटरहरुमा विश्व विख्यात ब्राण्ड डिपिसि (डिजिटल पावर कन्ट्रोल) प्रयोग गरेको छ ।
कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा पावरोलका इन्टरनेशनल बिजनेस हेड समिर सचदेवा, इन्टरनेशनल बिजनेस हेड राजीव शर्मा तथा महिन्द्रा पावरोल र अग्नि ग्रुपका विशेष अतिथिहरुले सहभागिता जनाएका थिए ।
उनीहरुले कार्यक्रममा कसरी एउटा बलियो सहकार्य हुँदा अग्नि मोटोइंक तथा डिलरहरुले लगातार सफलता प्राप्त गर्दै अघि बढ्न सक्छन् भनेर आ—आफ्ना कुराहरु राखेका थिए ।