Skip to main content

महिन्द्राको ‘महिन्द्रा उदय २०१९,’ सबै रेन्जका गाडी एकै छानामुनि

काठमाडौं । महिन्द्राले ‘महिन्द्रा उदय – २०१९’ आयोजना गर्ने भएको छ । कम्पनीले मोबिलिटि सोलुसनअन्तर्गतका पूरा रेन्जको दुई पाङ्ग्रेदेखि प्यासेन्जर भेइकल, कमर्सियल भेइकल, इलेक्ट्रिक भेइकल, कृषि सामग्रीजय मेला उत्सव आयोजना गर्न लागेको हो ।

नेपालमा पहिलो पटक यस्तो लाइफस्टाइल अटो शोको आयोजना अग्नी इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर तथा महिन्द्रा एन्डमहिन्द्राको संयुक्त आयोजनामा हुन लागेको हो ।

मेला यही फागुन १० देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । मेलामा आफ्नो सबै रेन्जको ग्लोबल मोबिलिटी सोलुसनका उत्पादन प्रदर्शनी हुनेछन् । यस मेलामा एकै छानामुनि महिन्द्राका सबै अन्तर्राष्ट्रिय रेन्जका उत्पादन (टु–ह्वीलर, प्यासेन्जर भेइकल, ट्रक बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टर)को प्रदर्शनी हुनेछ ।

मेलाका केही आकर्षण

  • नेपालमा पहिलो पटक महिन्द्राका नयाँ प्यासेन्जर भेइकलहरु मराजो, एक्सयुभी–३०० तथा अन्य पावरफुल एसयुभीहरुको प्रदर्शनी
  • नेपालमा पहिलो पटक हेभि कमर्सियल भेइकलअन्तर्गत ब्लाजो तथा मझौला कमर्सियल भेइकलअन्तर्गत फ्युरीयोको प्रदर्शनी
  • स्वराजको ६५ हर्सपावर भएको स्वराज ९६३ र २५ हर्सपावर भएको जीभो फोर ह्वील ड्राइभ ट्याक्टर प्रदर्शनी
  • नेपालको सहरहरुमा सफा हावाको गुणस्तर कायम राख्न प्रतिवद्ध मास मार्केट इलेक्ट्रिक कार ई टु ओ र ई भेरिटोको प्रदर्शनी
  • महिन्द्राको रेसिङ इन्सपायर्ड महिन्द्रा मोजोको अनावरण गरिने
  • महिन्द्राको एक्सयुभी ५००, टीयुभी ३००, केयुभी १००, म्याक्सीमो, सुप्रो, बलेरो पिकअप, कस्मो बस र तीन पाङ्ग्रे ई अल्फाको पनि प्रदर्शनी

© Agni Group. All Rights Reserved.
Website by Curves n' Colors